ऊ त बिचरि , कोमल मनकि
म त खहरे , आवरा पनको
साइको , रिसाहा मेरो चिनारी
ऋषि पोख्रेल
उनी त फूल झै सुन्दर !
कोइला र हिरा , कार्वनका सन्तान
दुबै रम्दैछन् यहि जगतमा
संसार भुली उनैलाई सोंच्थे
उनी सुन म परे लसुन !
कुलतको पङ्खा म , त्याग्दैथे यी सबै
बस् मायाको मीठो संसार पाँउन
स्वर्ग मान्थे ती क्षण , म मदिरा पिँउदा
छोटो समयमा म संसार चार्नु थियो !
मनका कम्पनलाई फुटाँउनु थियो
सपनाको खेतीमा फल लाग्नु पर्थ्यो
सबै साहस त्यागी उनकै भोगी भएँ
माया गर्छु भन्ने सम्म मेरो आँट छैन !
सुध्रिएको मान्थे म अचेल आफैलाई
साहस खोजी उनिलाई पर्पोज हाने
मुसुक्क मुस्काइन लजाउँदै भनिन्
फेरि मायाले तिमीलाई विगार्न चाहन्न !