मिथिला नगरपालिका | एकीकृत सम्पत्ति करको तालिम सम्पन्न

नेत्र प्रसाद रिजाल, १५ जेठ । धनुषाको मिथिला नगरपालिकामा एकीकृत सम्पत्ति कर कार्यान्वयन सम्बन्धि सूचना प्रबिधिमा आधारित ७ दिने तालिम सम्पन भएको छ । उक्त तालिम जेठ ९ गते सुरु भई १५ गते सम्पन्न भएको छ । नगर सूचना केन्द्र ढल्केबरमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले उदघाटन गर्नु भएको सो तालिमा ११ वडाका वडा सचिव, सामाजिक परिचालक, नगरपालिकाका बिभिन्न शाखाका कर्मचारी र जन-प्रतिनिधिहरुको सहभागिता थियो । उक्त तालिम पश्चात तालिममा सहभागी कर्मचारी र जन-प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गर्नु भएको  थियो । उक्त तालिमको क्रममा लिएका केहि तस्विरहरु .....