सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

देशका विभिन्न ठाँउमा बम आतंक : माेरङ, तनहुँ र सिन्धुलीमा शंकास्पद वस्तु भेटिए, पाेखरा र बैतडीमा बम निष्क्रिय पारियाे

विराटनगर — मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीकाे खम्बा नजिकै उक्त शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका छन्। सेनाको डिस्पाेजल टोली अध्ययनका लागि त्यसतर्फ परिचालन भएको मोरङ प्रशासनले जनाएको छ।रातो तारले कुकरलाई बेरेर राखएिको अवस्थामा फेला परेकाले भित्र विष्फाेटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटएिको छ। सुरक्षाकर्मीले उक्त स्थानलाई पनि घेरा हालेका छन्।

तनहुँका दुई ठाउँमा शंकास्पद वस्तु फेला
दमाैली–तनहुँमा दुई ठाउँमा शंकास्पद बस्तु सोमबार बिहान फेला परेको छ। पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्याँस नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको हो।

नाहला राखिएको शंकास्पद वस्तु भने सेनाको टोलीले डिस्पोजल पारिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए।
सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोजलका गर्ने तयारी गरेको उनले बताए।

बैतडीमा भेटिएकादुईवटाबम निष्क्रिय पारियो
बैतडी–दोगडाकेदार गाउँपालिकामा फेला परेका दुईवटा बम निष्क्रिय पारिएका छन् । दोगडाकेदार–३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा रहेका बम सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

हनुमानध्वज गुल्मका क्याप्टेन देवेन्द्र बस्नेत नेतृत्वको टोलीले १ घण्टा लगाएर डिस्पोज गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

बिहान साढे ४ बजे फेला परेका बमहरु नेक्रवित्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले बताएको छ । सोही ठाउँमा नेक्रवित्रम चन्द समूहको युवा संगठनका ‘नेपाल बन्द अपील’ लेखिएका पर्चा पनि भेटिएको प्रहरीले बताएको छ ।

बम निष्क्रिय पारियो
पोखरा– पोखराको श्रृजनाचोकमा रहेको एनसेल कार्यालय नजिकै भेटिएको कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

आइतबार राति भेटिएको उक्त बम प्रहरीले रातभरि सुरक्षा दिएर बसेको थियो। बमलाई सोमबार बिहान सेनाले डिस्पोज गरेको हो।

यसैगरी पोखराको नयाँबजार र न्यूरोडको बीचमा रहेको इनोभेटिभ डेपलपमेन्ट एजुकेशन एकेडेमी रहेको भवनको गेटमा पनि शंकास्पद वस्तु भेटिएको छ।

ऊक्त वस्तुलाई निष्त्रिय पार्न सेना अहिले उक्त स्थानमा पुगेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा पोखरा बागलुङ राजमार्ग खण्डमा पनि शंकास्पद वस्तु भेटिएको कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले बताए। त्यसलाई पनि निष्क्रिय पार्न सुरक्षाकर्मी परिचालन भइसकेका छन्।

सरकारले प्रतिबन्ध लगाएको नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सोमबार आव्हान गरेको बन्दका क्रममा बम र शंकास्पद वस्तु राखिएको अनुमान प्रहरीको छ। बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन्।

सिन्धुलीमा पनि शंकास्पद वस्तु
सिन्धुली–नेत्रविक्रम चन्द समूहले आहृवान गरेको बन्दका क्रममा सिन्धुलीको दुधौली नगरपालिका ८ को खोर भन्ज्याङमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ।

निर्माणाधीन मदनभण्डारी राजमार्गबाट करिब एकसय मिटर तल दुधौली जाने सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

'नेपाल बन्द छ खतरा' लेखेर सकेट बम जस्तो वस्तु सडकमा फेला परेको हो। शंकास्पद वस्तुबारे सुरक्षा निकायमा छलफल भइ सेनालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास छाएकाेछ। उक्त सडकमा हिड्न दिइएको छैन।

बन्दका कारण बिपी राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्। केही सवारी साधनलाई भने प्रहरीले स्कटिङ गरेर लगेको छ। निजी शिक्षण संस्थाहरु सबै बन्द छन्। सदरमुकाममा छिटफुट पसल खुले पनि बाहिर बन्द छन्।


साभार : कान्तीपुर