कुलमान घिसिङले रुँदै भने : ‘फेरी लोडसेडिङ ब्युँताउने खेल सुरु भयो तर बिपक्षीको त्यो सपना पुरा हुनै नदिने कुलमानको अठोट




कुलमान घिसिङले रुँदै भने : सबैले सेयर गरेर साथ दिनुस ! म एक्लो भएर पनि लड्दैछु हिम्मत हारेको छैन ! ‘फेरी लोडसेडिङ ब्युँताउने खेल सुरु भयो तर बिपक्षीको त्यो सपना पुरा हुनै नदिने कुलमानको अठोट (पुरा विवरण हेरी शेयर गर्नुहोस्)
काठमाडौं. नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु भएको बताएका छन्. सोमबार प्राधिकरण कार्यालयमा भएको पत्रकार सम्मेलनमा सीईओ घिसिङले केही मान्छेहरु नेपालमा फेरि लोडसेडिङ ब्यूताउने खेलमा लागेको दाबी गरे.
उनले आफूहरुको उज्यालो नेपाल अभियानमा केही मान्छेले डिस्टर्ब गरेको बताए. पत्रकार सम्मेलनमा उनले भने, ‘विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिलाई परिचालन गरी देशलाई अँध्यारोमा लैजान चाहेका छन्.’
उनले विगतमा प्राधिकरणलाई डुबाउनेहरुले नै अहिले डिस्टर्ब गरेको उल्लेख गर्दै भने, ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई डिस्टर्ब गरिरहेका छन्. उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन. रातदिन नभनी हामी देशलाई उज्यालो बनाइरहेका छौँ. देशलाई अँध्यारो बनाउन चाहनेले बेलैमै विचार गरुन्. ‘
आफूहरुको काम नागरिकले मुल्यांकन गरेको भन्दै घिसिङले प्राधिकरण नाफामा गएको केही मान्छेलाई मन नपरेको बताए.
प्राधिकरण ध्वस्त बनाउन चाहनेहरुलाई नागरिकसामु ल्याउन उल्लेख गर्दै घिसिङले भने, ‘प्राधिकरण ध्वस्त बनाउने गिरोहलाई एमडीले टुलुटुलु हेरेर बस्न सक्दैन. यो चानचुने एमडी होइन हामीलाई डिस्टर्ब गर्नेहरुको वास्तविकता पत्ता लगाइने छ. हिजो प्राधिकरण कसले सुकायो भन्ने सबैलाई थाहा छ, उनीहरु पनि तानिन सक्छन् ।

साभार : A2Z Online News