सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

हावाहुरीले कैलालीमा दुईजनाकाे मृत्यु, ७५ घाइते (अपडेट)

धनगढी — बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएकाे छ । ७५ बढी घाइते छन् । ठूलो मात्रामा भौतिक क्षति भएको छ । 


टीकापुर र गोदावरी नगरपालिमाएक–एकजनाको मृत्यु भएको हो। टीकापुर–२ मा पर्खाल भत्किएर लाहनु डगौंराको मृृत्यु भएको छ। गोदावरी–८ का वीरवहादुर चौधरीको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो। पूर्वतिरबाट आइरहेको बा३प ३८३६ नम्बरको टिपरले से१प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढीको ढुंगे बजारमा गुडिरहेको हायसमाथि रुख लडेर च्यापिएको अवस्थामा राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते बाहेक अन्य क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीकाअनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन्।
घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ। क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।

हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ। धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया शिविरका सबै घरका छाना उडाएको छ। पोलहरु ढलेकाले विद्युत सेवा पूर्णरुपमा अवरुद्ध छ।

जताततै रुखहरु भाँचिएका छन्। कतिपय स्थानमा सडक अवरुद्ध छ। करिब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो। हुरीले छाना उडाएको र मुसलधारे वर्षा पनि भएपछि पीडितहरुको झन् बिजोग भएको थियो।

वर्षासहितको भीषण हुरीले बिहीबार कैलालीमा एक जनाको मृत्यु भएको छ। गोदावरी नपा, मजगाउँका वीरबहादुर चौधरीको मृत्यु भएको हो। कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको सेती अञ्चल अस्पतालसहित विभिन्न निजी अस्पतालमा उपचार भइरहेको छ।

साँझ करिब साढे ७ देखि पौने ९ बजेसम्म चलेको हुरीले जिल्लाभरिको जनजीवन प्रभावित भएको छ। टीकापुरमा मात्र ५-६ जना घाइते छन्। हुरीले खास गरी कच्ची घरका छाना र पर्खाल भत्काएको छ। ठाउँ-ठाउँमा बिजुली पोल र रुख ढल्दा यातायात अवरुद्ध हुन पुगेको छ।

क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ। यसैबीच कञ्चपुरमा पनि हुरीले १८-१९ जना घाइते भएका छन्। उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिनेश आचार्यले जानकारी दिए।

साभार : Kantipur Daily