सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

मैले पाइला पाइलामा कर तिर्छु के त्यो नेतालाई गाडी किन्न र विदेश घुम्नको लागि मात्र हो ?

डा. युवराज संग्राैला
म बिहान ७:३० बजे काममा हिडछु। म घरमा सुच्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसकाे पनि कर तिर्छन् ।

मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ ।
म गाडी किन्छु । त्यसमा कर तिर्छु । प्रत्येक वर्ष कर तिर्छु । म पेट्रोल किन्छु, त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसकाे पनि कर तिर्छु ।
त्यस्तै, म सन्तानलाई पढाएबापत कर तिर्छु ।
म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधि किन्छ, त्यसमा पनि कर तिर्छु । म चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु।
म जुत्ता किन्छु, त्यसमा कर तिर्छु । म सर्ट किन्छु, त्यसमा कर तिर्छु । म कट्टु किन्छु, त्यसमा कर तिर्छु । म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु । म पानी पिउँछु, त्यसमा कर तिर्छु ।
म जीवनका प्रत्येक पाइलामा कर तिर्छु । हर्ट अट्याक हुन्छ, त्यसका लागि औषधि गर्छु । मृत्युबाट फर्किंदा पनि कर तिर्छु । दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ । तर, मसँग कर पनि लिइन्छ । बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, मसँग कर उठाइन्छ ।
तर, यो करबाट के किन्छ सरकार ?
१. मन्त्री र हाकिमलाई महँगाे गाडी किन्छ ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ।
३. मन्त्री र हाकिम विदेश यात्रा गर्न भत्ता दिन्छ सरकार । गत साल १ हजार ४ सय जना हाकिम र मन्त्रीले विदेश डुले, मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।
४. दलका कार्यकर्तालाई खर्च बाँड्छ ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न् ।
६. देशको व्यापार घाटा सात गुणा बढी भएको छ। टोलटोलका फलफूल दुकानमा अस्ट्रेलियाबाट ल्याइएका स्याउ छ्न् । तर, जुम्लाका स्याउ भैंसीले खाँदै छ्न्।
७. गरिबले सिटामाेल पाउँदैन । सुकुमबासीकाे घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छ्न् । किन ?
म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ, यो देश जोगाउने। म नागरिक हुँ यो देशको । मेरो जवाफदेहिता छ देशको संंरक्षण गर्ने। तर, मलाई शासन गर्छन् मेरा देशका नेता। मलाई शाेषण गर्छन्, मेरा नेता।
मैले भर्खर एउटा सन्तान पाएँ । उसले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर, उसलाई लिएर घर फर्किंदा मैले उसलाई पाएबापत कर तिरें । अब उसकाे नाम दर्ता गर्दा कर तिर्नुपर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नुपर्छ। उसकाे विवाह दर्ता गर्दा कर तिर्नुपर्छ। उसको नागरिकता लिँदा कर तिर्नुपर्छ।
कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट कहिलेसम्म मस्ती गरिरहने ?
म तपाईंलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नकाे जवाफ तपाईंसँग छ ?
के चुनाव मेरो श्रममा लगाएको करबाट बाजी खेल्ने खेल मात्र हो ? हरेक नागरिक सचेत हुन अवाश्यक छ । सोध्नुहोस् प्रश्न । लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस्। निराशा होइन, चेतनाको खेती गरौं ।
साभार : " Smart Khabar "