सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन: सञ्चारमन्त्री बास्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् ।  सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए । 
उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिए । 
उनले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताए । उनले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताए । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको बताए । 
देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उहाँले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उनको भनाइ थियो । उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए ।
साभार : रातोपाटी