सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

एटीएम ह्याकिङको असर : सबै बैंकले शुरु गरे चिपकार्ड

देशभित्र सञ्चालित सबै वाणिज्य बैंकहरुले चिपमा आधारित डेबिट तथा क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन् ।एटिएम हृयाक गरी चिनियाँ हृयाकरले ठूलो रकम नेपाली बैंकहरुबाट निकालेपछि राष्ट्र बैंकले ३ महिनाभित्र ‘चिप बेस’मा आधारित कार्ड अनिवार्य गरेको थियो । केन्द्रीय बैंकले दिएको समयावधीभित्रै बैंकहरुले चिपमा आधारित कार्ड प्रयोगमा ल्याएका हुन् ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सबै बैंकहरुले निर्देशन पालना गरेको जानकारी दिए । ‘तीन महिनाको समय दिइएकोमा त्योभन्दा अगावै बैंकहरुले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेका छन्,’ निरौलाले भने ।
यसअघि अधिकांश बैंकहरुले ‘म्याग्नेटिक स्ट्रिप’ प्रविधिमा आधारित कार्ड प्रयोग गर्दै आएका थिए । चिनियाँ हृयाकरले यही प्रविधिमा आधारित कार्ड प्रयोग गरेर पैसा निकालेको पाइएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकहरुले म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु वितरण बन्द गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि धेरै बैंकमा म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु प्रयोग थिए ।
एटिएम मेसिनको पनि स्तरोन्नती 
चिप प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि एटीएममा राखिने एउटा उपकरण हो। यसमा कार्डवालाको हस्ताक्षरलगायत अन्य धेरै विवरण समावेश हुन्छन्। यस्तो कार्डमार्फत रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणिकरण गर्ने भएकाले सामान्य कार्डभन्दा बढी सुरक्षित मानिन्छ। चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिदैन ।
चिप नभएको अर्थात् म्याग्नेटिक कार्डमा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप भएको एटीएम कार्ड बढी सुरक्षित मानिन्छ । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले चिपमा आधारित कार्ड बनाइसकेका छन् ।
तर, कार्डमा प्रयोग गरिएका चिप पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति नगर्दा कार्डमा रहेका ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै हृयाकरहरुले एटीएमबाट पैसा चोरिरहेको सरकारी निस्कर्ष छ ।
एटीएम सिस्टम हृयाक गरी चिनियाँ हृयाकरहरुले नेपाली बैंकको साढे ३ करोड रुपैयाँभन्दा बढी रकम निकालेका थिए । चिनियाँ हृयाकरले भारतबाट १ करोड ७० लाख रुपैयाँ निकालेको अध्ययनले देखाएको छ ।
पुराना कार्ड विस्थापित हुन बाँकी
अन्तर्राष्ट्रिय मान्यताअनुसार म्याग्नेटिक स्ट्रिपभन्दा चिपमा आधारित कार्ड सुरक्षित मानिन्छ । नयाँ कार्ड वितरण गर्दा चिपमा आधारित नै वितरण हुने गरेको भए पनि पुराना कार्डहरु भने विस्थापित भएका छैनन् । तर पुराना कार्डहरु पनि चाँडै विस्थापन हुने राष्ट्र बैंकको दावी छ ।
‘सुरक्षाका कारण नै चिपमा आधारित कार्ड अनिवार्य गरिएको हो, सबै बैंकले नयाँ कार्ड चिप नै बनाएका छन्,’ प्रवक्ता निरौला भन्छन्, ‘पुरानालाई विस्थापित गर्न केही समय पक्कै लाग्छ ।’
केही बैंकले म्याग्नेटिक स्ट्रिप कार्ड नै नचल्ने बनाइसकेका छन् । एभरेष्ट बैंकले गत असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गरिसकेको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा चिप कार्ड लिन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।
प्रविधिमा बढी लगानी आवश्यक
म्याग्नेटिक कार्डको तुलनामा चिपमा आधारित क्रेडिट तथा डेबिट कार्ड धेरै सुरक्षित मानिए पनि सुरक्षाका लागि यो मात्रै पर्याप्त छैन । अर्थविद् डा. चन्द्रमणि अधिकारी बैंकले प्रविधिमा अझै लगानी बढाउनु पर्ने बताउँछन् ।
मुलुकको आर्थिक उन्नतिमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रविधि प्रयोगबारे बैंकले ग्राहकलाई पनि राम्रोसँग बुझाउनु पर्ने सुझाव दिए ।
अधिकारीले भने, ‘विकासका लागि प्रविधि आवश्यक छ, तर त्यसको सदुपयोगबारे राम्ररी बुझाउनै पर्छ ।’
साभार : Online Khabar