सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

कर्णाली सरकारले गर्‍यो हरेक नागरिकको एक लाखको बीमा

कर्णाली सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको बीमा गरिदिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको हो ।सम्झौतामा बीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् ।
प्रदेश सचिव यादवले १७ लाख ७० हजार कर्णालीवासीका लागि विपद्विरुद्ध सामुहिक दुर्घटना बीमा गरिएको बताए । सम्झौता अनुसार प्रदेशका कुनै पनि नागरिकको विपद् दुर्घटनामा मृत्यु भएमा बीमावापत एक लाख रकम उपलब्ध गराइने छ । मन्त्रालयले प्रदेशका १० हजार घरको समेत निःशुल्क बीमा गर्ने तयारी गरेको छ ।जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसका आधारमा १० जिल्लाका १० हजार घरको बीमा गर्ने तयारी गरिएको प्रदेश सचिव यादवले बताए । घरको बीमा ५ लाखको हुनेछ । समितिको सिफारिस नआएकोले केही ढिला भएको उनले बताए ।
बीमा शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो क्षति बेहोनु पर्ने अवस्थालाई ध्यानमा राखी सरकारले राहत स्वरुप बीमा कार्यक्रम सुरू गरेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री विमला केसीलगायतको उपस्थिति रहेको थियो ।
साभार : Online Khabar